काठमाडौँ । समाजवादी मोर्चाको पुनर्गठन हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी, नेकपासहितका दलका शीर्षनेताहरुको बैठकले समाजवादी मोर्चालाई पुनर्गठन गर्नबारेमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।
आज पुनर्गठनको लागि प्रारम्भिक छलफल भएको र नेताहरुले थप गृहकार्य गरेर अर्को बैठक बस्दा पुनर्गठन हुने उनले बताए ।
सत्ताबाट बाहिरिने निश्चित भएर प्रतिपक्षमा बस्नुपर्ने भएपछि प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेका हुन् । यस अघि जसपा बिभाजन भएदेखि नै समाजवादी मोर्चा निष्क्रिय प्राय: रहेको थियो ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, र सम्मानित नेता झलनाथ खनाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सहभागी थिए ।
समाजवादी मोर्चामा आवद्ध भएको जसपा नेपाललाई प्रधानमन्त्री प्रचण्डले नै विभाजन गरेकोमा अध्यक्ष उपेन्द्र यादव रुष्ट छन् । आजको बैठकमा उनी उपस्थित समेत भएनन् ।
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
ललितपुर । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले हरितालिका ‘तीज’ नेपाली महिलाको सांस्कृतिक धरोहर रहेको बताएका छन् । उनले आज शुभकामना सन्देश जारी गर्दै नेपाल विभिन्न...
काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend