Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ


    सोमबार, भाद्र २९ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो ।

    अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन शाहसँग भएको छलफलमा सहभागी भएका थिए । सो छलफलमा सहभागी भएर फर्कने क्रममा उनलाई गेटबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।

    उनका अनुसार, अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो ।

    प्रधानमन्त्री शाहले आज बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग छलफल गरेका थिए । उनी सोही छलफलमा सहभागी हुन सिंहदरबार पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार