Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो, सुरक्षाका लागि १२५० प्रहरी परिचालन


    सोमबार, भाद्र २९ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन्

    आज बिहान बिहान ३स्१५ बजेदेखि नै भक्तजनका लागि पशुपतिका ४ वटै ढोका खुला भएपछि सहज भएको छ । बिहान ७ बजेसम्ममा ९ हजार भन्दा बढी दर्शनार्थीद्वारा दर्शन गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुका अनुसार ३ हजार दर्शनार्थी लाइनमा छन् ।

    नेपाल प्रहरीले पशुपति मन्दिर दर्शनमा सहजीकरण गरेको हो । सुरक्षा व्यवस्थापनमा कुनै कमी नहोस् भनेर प्रहरीले सिसिटिभी, ड्रोनबाट अनुगमन गरिरहेको छ । सादा पोसाकमा प्रहरी पनि परिचालन भएका छन् ।

    प्रहरीले आज दिनभर दुई सिफ्टमा सुरक्षा व्यवस्था मिलाएपछि दर्शनार्थी मन्दिरमा दर्शन गर्न सहज भएको भक्तजनको प्रतिक्रिया छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार