Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • एआईजीमा सिफारिस भए पनि पोखरेल बढुवा भएनन्, डीआईजीबाटै बिदा भए


    शुक्रबार, असार २२ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एआईजीमा बढुवा सिफारिस भएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेलले डीआईजीबाटै अवकाश भएका छन् । मन्त्रिपरिषद्ले उनको बढुवा सिफारिसलाई कुनै निर्णय नगरेपछि उनी डिआईजीबाटै बिदा भएका हुन् ।

    ट्राफिक कार्यालयले बिहीवार नै उनको बिदाइ गरेको छ । पोखरेलले डीआईजीको ५६ वर्षे उमेर हदका कारण उनले अवकाश पाएका हुन् ।

    पोखरेलले साढुदाइ दिवेश लोहनीको शक्ति प्रयोग गरी एआईजीको दरबन्दी रिक्त हुनु १० दिनअघि नै बढुवा सिफारिस गराउन सफल भएका थिए । असार २१ गते अवकाश हुने उनलाई १ दिनका लागि एआईजी बनाउनेगरी गृहमन्त्री रवि लामिछानेले बढुवा सिफारिस गरेका थिए । असार १९ मा एआईजी उमेशराज जोशीको अवकाशपछि रिक्त हुने पदमा असार १० मा डीआईजी पोखरेलको बढुवा सिफारिस भएको थियो ।

    प्रहरी अस्पतालका एसएसपी दर्जाका चिकित्सकद्वय दीपक श्रेष्ठ र सुवास आचार्यलाई डीआईजीको पदरिक्त भएको ५० दिनसम्म बढुवा नगरी अवकाशमा जान बाध्य पारेका गृहमन्त्री लामिछानेले अघोषित सल्लाहकार दिवेश लोहनीका साढुभाइ पोखरेललाई पदरिक्त हुनु १० दिनअघि नै एआईजीमा बढुवा सिफारिस गरेकोमा चर्को आलोचना भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार