काठमाडौं । पदरिक्त हुनु १० दिनअघि नै सल्लाहकारका साढुभाइ पोषराज पोखरेललाई २ दिनका लागि एआईजी बढुवा सिफारिस गर्ने गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी अस्पतालमा ४८ दिनअघि रिक्त डीआईजी पदमा बढुवा नगरी २ एसएसपीको बृत्तिविकास नै रोकेका छन् ।
अस्पतालमा २ डीआईजीका पदरिक्त भएको ४८ दिनसम्म बढुवा नगरी उनीहरुको अवकाशपछि मात्र बढुवा गर्ने योजनामा गृहमन्त्री लामिछाने लागेको आरोप छ ।
प्रहरी अस्पतालमा २०८१ बैशाख २६ गतेदेखि २ डीआईजी पदरिक्त छ । बरिष्ठताका आधारमा उक्त अस्पतालमा कार्यरत एसएसपी (चिकित्सक) द्वय दीपक श्रेष्ठ र सुभाष आचार्य बढुवाका दाबेदार हुन् । श्रेष्ठ नेत्ररोग बिशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी रोगका विशेषज्ञ सर्जन हुन् । २०५९ जेठ २० मा भर्ना भएका श्रेष्ठ र आचार्य २०७५ असार १३ मा एसएसपी बढुवा भएका थिए ।
श्रेष्ठ र आचार्य डीआईजी बढुवा भएमा उनीहरुमध्येबाट अस्पतालको प्रमुख एआईजी हुने भएकाले उनीहरुभन्दा कनिष्ट एसएसपीको प्रभावमा परी गृहमन्त्री लामिछानेको सचिवालयका प्रमुख रहेका दीपक बोहराले बढुवा रोकिरहेको आरोप छ ।
४८ दिनसम्म बढुवा नभएका एसएसपीद्वय श्रेष्ठ र आचार्य ५५ बर्षे उमेरका कारण २५ असारमा अवकाश हुँदैछन् । उनीहरुलाई बढुवा गरिएको भए प्रहरी अस्पतालले थप केही बर्ष नेत्ररोग र नाक, कान घाँटीको विशेषज्ञ सेवा लिन सक्थ्यो ।
आफ्ना अघोषित सल्लाहकार दिवेश लोहनीका साढुभाइ डीआईजी पोषराज पोखरेललाई बढुवा गर्नका लागि पदरिक्त नहुँदै १० दिनअघि एआईजी सिफारिस गरेका लामिछानेको देखाउने र चपाउने दाँत फरक रहेको अस्पतालमा ४८ दिनदेखि रोकिएको डीआईजी बढुवाबाट प्रष्ट भएको छ ।
लामिछाने प्रहरीका सरुवा बढुवामा मोलाहिजा नगरेको र पदरिक्त नहुँदै बढुवा गर्ने प्रचलन सुरु गरेको दाबी गरिरहेका छन् । तर प्रहरी अस्पतालमा ४८ दिनअघिदेखि खाली भएको डीआईजी पदमा बढुवा गर्न उनलाई पटक पटक आग्रह गरे पनि सुनुवाइ नगनुर््ले उनको कथनी र करनी फरक रहेको प्रष्ट देखिन्छ । उनको सचिवालयले प्रहरी अस्पतालको डीआईजी बढुवा किन रोकिरहेको छ ? त्यसबारे उनले केही जवाफ दिन सक्छन् ? प्रश्न गम्भीर छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend