काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री याेगेश भट्टराईले हुम्लाको सिमिकाेट विमानस्थललाई पर्यटकीय हबकाे रुपमा विकास गर्ने बताउनु भएकाे छ ।
आज हुम्लाकाे सिमिकाेट विमानस्थल निरीक्षण गर्दै मन्त्री भट्टराईले मानसरोवर जाने मुख्य ढाेका हुम्ला भएकाेले धार्मिक तथा साँस्कृतिक हबकाे रुपमा विकास गर्नु पर्ने बताउनुयाे ।
मन्त्री भट्टराईले पर्यटनकाे हिसाबले पूर्वकाे लुक्ला जति नै पर्यटक सिमिकाेटमा आउने बताउदै धार्मिक साँस्कृतिक पर्यटनलाई लक्षित गरी विमानस्थल विस्तार गरिने बताउनुभयाे ।
उहाँले भन्नुभयो यहाँकाे संस्कृति विशिष्ट प्रकृतिको छ त्यसैले साँस्कृतिक पर्यटन प्रवर्द्धन गर्न आवश्यक छ त्यसले पर्यटन विविधतालाई ध्यान दिदै हुम्लाको गुरुयोजना बनाएर पूर्वाधारको विकास गर्न आग्रह गर्नुभयो । उहाँ हुम्लाको पर्यटन क्षेत्रकाे विकासकाे लागि मन्त्रालयकाे तर्फबाट सक्दाे सहयाेग गर्ने प्रतिबद्धता समेत जनाउनु भयाे ।
मन्त्री भट्टराईले सिमिकाेट विमानस्थलमा निमार्ण भई रहेकाे एप्राेन,पाकिङ लगायतका काम चाडाे सक्न निर्देशन समेत दिनुभयो । नेपाल कम्युनिस्ट पाटीका स्थायी कमिटी सदस्य समेत रहनु भएका मन्त्री भट्टराईले नेकपा भित्र अन्तरविरोध मात्रै भएकाे बताउदै कुनै पनि हालतमा पाटी नफुटने दाबी समेत गर्नुभयो ।
सासद छक्कबहादुर लामाले सिमिकाेट एयरपोर्टमा ४५ सिटे जहाज बस्न सक्ने गरी विमानस्थलकाे विस्तार गर्न मन्त्री भट्टराईसंग आग्रह गर्नुभयो । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले राष्ट्रिय सडक संञालमा नजाेडिदा सुत्केरी तथा विरामी समस्यामा परेकाे साथै टेलिफोनकाे समस्या रहेकाे मन्त्री भट्टराईलाई जानकारी गराएका थिए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend