काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे ७० औँ सचिवालय बैठक शुरु भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएकाे बैठक प्रधानमन्त्रीसमेत रहेकाे नेकपा अध्यक्ष केपी शर्मा ओली धुम्बाराही जान नमाने पछि बालुवाटारमा नै बैठक बसेकाे हाे ।
नेकपा अहिले विभाजनकाे खतरामा रहेकाे छ । पार्टी विभाजनतिर पुगेको अवस्थामा दुई अध्यक्षको पत्र र जवाफपछि आज बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ । त्यसैले पनि बैठकमा साझा प्रस्ताव बन्ने र स्थायी कमिटीमा लैजाने संभावनाका सम्बन्धमा धेरैले चासो दिएका छन् ।
गत मंसिर १३ गते बसेको सचिवालय बैठकले तय गरेको आजको बैठकलाई महत्वपूर्ण मानिनुको अर्को कारण प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको जवाफ पनि हाे ।
गत १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिएका थिए भने पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राखेका थिए ।
गत मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend