Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • गृहमन्त्रीका सल्लाहकारका साढुभाइलाई २ दिनका लागि एआईजी बनाउँदै, पदरिक्त हुनु १० दिनअघि सिफारिस


    सोमबार, असार ११ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं ।  देशको मुहार फेर्ने दाबी गर्दैआएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछानेले ब्यक्तिगत स्वार्थमा लिप्त हुन थालेका छन् । चाकडी, चाप्लुसी, नातावाद र कृपावादमामा रमाउन थालेका छन् । त्यसको ज्वलन्त उदाहरण २ दिने एआईजी बनाउन उनले देखाएको तत्परतालाई लिन सकिन्छ ।

    गृहमन्त्री लामिछानेले डीआईजी पोषराज पोखरेललाई २ दिनका लागि एआईजी बनाउने भएका छन् । उपत्यका ट्राफिकका डीआईजी पोखरेललाई दरबन्दी खाली नहुँदै एआईजी बढुवा सिफारिस गरिएको छ । आगामी असार १९ गते उमेशराज जोशी अवकाश भएपछि मात्र एआईजी पद रिक्त हुन्छ । तर पदरिक्त हुनु ९ दिनअघि नै बढुवा समितिले सोमबार उनलाई एआईजी बढुवाका लागि सिफारिस गरेको छ । एआईजीमा सिफारिस भएका पोखरेल असार २१  गते अवकाश हुनेछन् । ३० बर्षे सेवावधिले उनी अवकाश हुन लागेका हुन् । उमेशराज जोशी अवकाश भएकै दिन पोखरेलको बढुवा सिफारिस गरी फुली लगाउने र २ दिनपछि उनी बिदा हुनेछन् ।

    प्रहरीका एक अधिकारीका अनुसार पोखरेललाई २ दिनका लागि एआइजी बनाएर राज्यलाई अतिरिक्त ब्ययभार ब्यहोर्ने निर्णय गराउनुको गुह्य कारण भने उनी गृहमन्त्री रवि लामिछानेका अघोषित सल्लाहकार दिवेश लोहनीका साढुभाइ हुनु नै हो ।

    रवि लामिछानेलाई शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन, नागरिकता प्रकरणदेखि राहदानी प्रकरणमा कानुनी सहयोग गर्ने वकिल सुशील पन्त हुन् । पूर्वएआईजी लोहनी पन्तका भान्जा हुन् । लोहनीका साढुभाइ हुन् पोखरेल । सल्लाहकारका साढुभाइलाई उनले दुई दिने एआईजी बनाउन पदरिक्त हुन १० दिनअघि नै बढुवा सिफारिस गरेको ती प्रहरी अधिकृतले बताए ।

    असार १९ गतेसम्म उमेशराज जोशीको कार्यकाल रहेकाले बढुवा गर्न मिल्दैन । कथंकदाचित असार २० गते मन्त्रिपरिषदको बैठक बस्न सकेन भने पोखरेल अवकाश हुनेछन् । र, उनको बढुवा सिफारिस नै अलपत्र पर्नेछ ।

    गृहमन्त्री लामिछानेले फेसबुकमा निर्देशन दिएकै भरमा मापसे गर्नेहरुलाइर्त ट्राफिक प्रहरीको काम गर्न स्वयंसेवकको रुपमा खटाउने आदेश पालना गरेकै भरमा लामिछाने खुशी भएर उनलाई २ दिने एआईजी बनाएको चर्चा प्रहरीमा छ ।

    दुईदिने एआईजीले कानुनबिपरीत फेसबुके निर्देशनकै भरमा मापसे गर्नेहरुलाई सडकमा खटाएका थिए । तर कानुनबिपरीत दिएको लामिछानेको उक्त निर्देशन सर्वोच्च अदालतले रोक लगाइसकेको छ । कानुनबिपरीतको आदेश पालक डीआईजीलाई लामिछानेले पद खाली नहुँदै बढुवा सिफारिस गरी एआईजी बनाउने भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार