Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • अन्तःशुल्क स्टीकर प्रकरणमा मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध मुद्दा दर्ता


    आइतबार, असार १० २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

    आयोगलले आइतबार अन्तःशुल्क स्टीकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित ९ जना सरकारी कर्मचारी तथा दुई जना ठेक्का पाएका कम्पनीका कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

    अख्तियारले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो मागदाबी गरेको छ ।

    अख्तियारले  विशेष अदालतमा मुद्दा दायर गरेको प्रतिवादीहरूमा मुख्यसचिव अर्यालसहित, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल रहेका छन् । पौडेलविरुद्ध यसअघि पनि अख्तियारले सुरक्षण मुद्रण प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ र उनी हाल हिरासतमा रहेका छन् ।

    त्यसैगरी आन्तरिक राजश्व विभागका गणेशविक्रम शाही, सूचना प्रविधि केन्द्रका सफल श्रेष्ठसहित शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल र लेखा अधिकृत विष्णुप्रसाद गौतमलाई पनि प्रतिवादी बनाएको छ ।

    त्यस्तैगरी कर्मचारीहरू हरिवल्लभ घिमिरे र शक्तिप्रसाद श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ ।

    त्यस्तै अख्तियारले अन्तःशुल्क स्टीकर छपाइको ठेक्का पाएको कम्पनी प्रिन्स सेल र त्यसका निर्देशक केशव शर्मालाई पनि प्रतिवादी बनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार