काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे फेरि असन्तुष्टि व्यक्त गरेका छन् ।
शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले उनले बजेटबारे असन्तुष्टि जनाउदै बजेटबारे अलिक खुला छलफल गर्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।
उनले भने,‘यो बजेटमा एक-दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा अनि गरिबतिर देश गएपनि के भयो र ? हामी सरकारमा छँदैछौं भनेर हुन्छ ? त्यही चिज हुँदैन भने अनि सन्तोष कसरी मान्ने ? हामीले नै चलाइरहेको मन्त्रालयको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ बजेटको विनियोजन ? त्यो पनि अलिकति हेर्नुपर्ने हुन्छ ।’
उनले आफूहरु स्वार्थको थैलो भर्नको लागि सत्तामा नभएको पनि जिकिर गरे । उनले अर्को प्रसंगमा प्रतिक्रियावादीहरुले पार्टीको बारेमा नयाँ नयाँ हमला गरेको र अकल्पनीय कुरा सिर्जना गरेको आरोप लगाए । उनले भने,‘आज विहानमात्रै मैले एउटा मिडियामा देखेको थिएँ, केपी ओलीले ५ अर्ब खाईसक्यो, निलिसक्यो कि मुखमा मात्रै हाल्या छ कि ? तर, ५ अर्ब केपी ओलीले खायो, खाने भयो भनेर ।’
ओलीले भ्रमको जालो फिजाएर एमालेप्रतिको विश्वास कसरी हटाउन सकिन्छ भनेर एकथरी लागिरहेको बताए ।
बिचौलिया दीपक भट्टको स्वार्थमा नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति गर्न ओलीले प्रधाननमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई दबाब दिएको बिषयमा आएका समाचार आएपछि उनी आक्रोशित भएका हुन् । श्रेष्ठ दीपक भट्टका ब्मापारिक साझेदार हुन् । उनलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गरी भट्ट स्टक एक्सचेन्जको अनुमति लिने दाउमा छन् ।
ओलीले धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठलाई नियुक्ति नगरे बजेट नै पास नगर्ने धम्की दिएका समाचार समेत आएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend