काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई अराजक गतिबिधि नगर्न चेतावनी दिएको छ ।
महानगरपालिकाका मेयर बालेनले शनिबार साँझ ‘एक ट्रक धुलो उपहार’ भन्दै सडक डिभिजन कार्यालय काठमाडौँ अघि धुलो खन्याएका थिए ।
उनले विगत १५ वर्षदेखि काठमाडौँका जनताले कलङ्कीदेखि महाराजगन्जसम्म रिङ रोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको उल्लेख गर्दै काठमाडौँ महानगरले अकारण गाली खानु परेको उनले सामाजिक सञ्जालमार्फत बताएका थिए ।
बालेनको सो एक्सनप्रति डिभिजन कार्यालयले भने उनले विषयान्तर गर्न यस्तो कदम चालेको आरोप लगाएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौँले शनिबार बिहान न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडक खण्डमा खण्डमा सडक डिभिजनको अनुमति बिना सडकको विद्यमान क्यारिजवे घटाउने उद्देश्य अनुरूप सडकको दुवैतर्फ पिच कटर प्रयोग गरी कटिङ गरिरहेको भन्दै उक्त काम रोक्न लगाएको थियो । साथै डिभिजनले मेसिन नियन्त्रणमा लिएर राखेको थियो । सो कार्य काठमाडौँ महानगरपालिकाको कार्यालय अन्तर्गत कार्य भइरहेको जानकारीमा आएपछि आइन्दा अनुमति बिना कार्य नगर्ने सर्तमा उक्त मेसिन फिर्ता बुझाइएको थियो ।
सडकले बालेनले सोही विषयलाई विषयान्तर गरेर डिभिजनसँग सरकार नै नभएको विषयलाई कारण बनाई कानुनी राज्य उपहास गरेको दाबि गरेको छ ।
सडक डिभिजनले भनेको छ- ‘आज मिति २०८१।०२।१२ गते शनिवार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिना अनुमति सडक काटी सडकको चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिना अनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनी सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजनसँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ ।’
डिभिजन कार्यालयले डिभिजन काठमाडौँले मिनभवन स्थित कार्यालयको गेटमा महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
डिभिजनको गेटमा देशकै ठुलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याई तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने डिभिजनको भनाई छ ।
डिभिजनका अनुसार शुक्रवार मात्र काठमाडौँ महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुख बिच महानगर भित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगर भित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको थियो । साथै यस अघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराएको छ ।
आफ्नो कार्य क्षेत्र भित्र भएका त्रुटि औँल्याइ आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाएर यस किसिमका अराजक व्यवहार देखाए आगामी दिनमा किमार्थ सह्य नहुने सडक डिभिजन काठमाडौँले स्पष्ट पारेको छ । यसको प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौँ बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend