विराटनगर । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पौठेजोरी नखेल्न विरोधीलाई सुझाव दिनुभएको छ । मन्त्री श्रेष्ठले ओली मरोस भन्ने जमात पार्टीभित्रै समेत बढ्दै गएको भन्दै बूढो बाघ निडर र साहसी भएकाले कसैको दाल नगल्ने धारणा राख्नुभयो ।
सुनसरीको इनरुवा नगरपालिकामा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले मुलुकमा संघीयताविरोधी तत्व सलबलाउन थालेको भन्दै राष्ट्रहितका लागि ओलीबाहेकको विकल्प नरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था आए मुलुकमा संघीयता धरापमा पर्ने दाबी गर्नुभयो । “संघीयतालाई कमजोर बनाउनेहरु अहिले प्रधानमन्त्री ओलीविरुद्ध लागेका छन्,” उहाँले भन्नुभयो, “यदि प्रधानमन्त्रीले राजीनामा दिने अवस्था आयो भने संघीयता धरापमा पर्छ ।”
श्रेष्ठले प्रधानमन्त्री ओली समयसापेक्ष चल्न सक्ने नेता भएका कारण सहजै परास्त गर्छु भन्ने भ्रम नपाल्नसमेत विरोधी खेमालाई सुझाव दिनुभयो । “केपी शर्मा ओलीलाई सामान्य रुपमा नलिन म आग्रह गर्दछु,” उहाँले थप्नुभयो, “उहाँले देश र जनताका समस्या बुझ्नु भएको छ । जनताको मत पाएर प्रधानमन्त्री भएको व्यक्तिलाई राजीनामा दे भन्नेहरु जनविरोधी हुन् ।” मन्त्री श्रेष्ठले प्रचण्डको आरोप पत्रको जवाफ ओलीले छिट्टै दिने बताउनु भयो । मन्त्री श्रेष्ठ शहरी बिकास मन्त्रालय अन्र्तगत संचालन भएको योजनाहरुको अनुगमनको क्रममा सुनसरीको इनरुवा आउनुभएको हो ।
टोलीले इनरुवामा सञ्चालित विभिन्न ढल प्रसोधन केन्द्र, बसपार्क र विराटनगर परियोजना अन्तर्गतको सडक, कार्यालय भवन लगायतका योजनाको अनुगमन गरेको थियो । मन्त्री श्रेष्ठले दुवै मृगौला फेल भएर उपचार गराइरहनुभएका पुराना कम्युनिष्ट मजदुर नेता ओम कोईरालालाई बरगाछी स्थित निवासमा पुगेर उहा भेट गर्नुभएको थियो ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend