Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुम्बईमा एकै परिवारका आठ नेपालीमा देखियो कोरोना संक्रमण


    शनिबार, चैत्र २९ २०७६
    790
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, २९ चैत । भारतको महाराष्ट्र राज्य सबैभन्दा बढी कोरोना संक्रमण भएको राज्यमा पर्दछ । महाराष्ट्रको राजधानी मुम्बईको गिरगाउँ चौपाटीमा बस्दै आएको एक नेपाली परिवारका आठ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    नेपाली परिवारका ११ सदस्यमध्ये आठ जनामा ११ दिनयता कोरोना संक्रमण देखिएको हो । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा बस्दै आएका थिए ।

    परिवारका दुई दाजुभाइ, उनीहरूका श्रीमतीहरू र चार जना छोराछोरीमा संक्रमण देखिएको परिवारका एक सदस्यले बताएका छन् ।

    उनका अनुसार शुरुमा भाइलाई ज्वरो आएको थियो र पछि मुम्बईकै कस्तुरवा अस्पताल लगेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ । पूरै परिवार एउटै घरमा बस्ने भएकाले अन्य सदस्यको त्यसपछि परीक्षण गराइएको थियो । नभन्दै अन्य ६ जनामा पनि संक्रमण देखियो ।

    ४३ वर्षीय ती व्यक्तिले परिवारका अधिकतर सदस्यमा संक्रमण देखिँदा शुरुमा त सबै जना निरास भएको बताए । संक्रमितमध्ये केहीको मुम्बईकै कस्तुरवा अस्पताल उपचार भइरहेको छ । केही आइसोलेसनमा छन् । तर, उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार