काठमाडौं । सरकारले इलेक्ट्रिक सिगरेट(भेप)को प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । नेपालमा चीनबाट भेप आयात हुने गरेको छ । स्वास्थ्यमा असर पर्ने भएकाले भेप आयातमा प्रतिबन्ध लगाउन खोजिएको बताइएको छ । केही बर्षदेखि चीनबाट नेपालमा भेप आयात हुँदैआएको छ ।
भेपकै जस्तो स्वास्थ्यमा असर गर्ने विदेशी चुरोट र मदिरा आयात भने सरकारले बर्र्षौदेखि गरिरहेको छ । तर चुरोट र मदिरालाई भने सरकारले आयात रोक्नेतर्फ सरकारले सोचेको छैन । भेप आयातका बारेमा निर्णय गर्ने निकाय बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले हो । तर भेप आयात रोक्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अग्रसरता बुझिनसक्नु छ ।
जनस्वास्थ्यको उधुम चिन्ता प्रकट गर्दै क्षेत्राधिकार नै नभएको स्वास्थ्य मन्त्रालय भेप आयात प्रतिबन्ध लगाउन अग्रसर भएको छ । तर, स्वास्थ्यमा पर्ने असर भन्दा पनि भारतीय दबाबले काम गरेको जानकारहरुको भनाइ छ । भारतीय दूताबासको दबाबमा सरकारले भेप आयातमा प्रतिबन्ध लगाउने तयारी गरेको आरोप छ ।
भेप चीनबाट नेपाल हुँदै भारतमा जाने गरेको छ । नेपालको बाटो हुँदै भेप जाने क्रम रोक्न भारतको दबाबमा यसअघि भन्सार बढाएर प्रतिगोटा ८ डलरसम्म पुर्याइयो । चीनमा १ देखि २ डलरसम्म पाउने भेपको भन्सार शुल्क नै ८ डलर पुर्याइएपछि आधाभन्दा बढी तस्करीको माध्यमबाट भित्रन थाल्यो । जसका कारण भेप आयात गर्दा आउने राजस्व गुम्न पुग्यो ।
भेप आयातमा प्रतिबन्ध लगाएसँगै नेपाललाई आउने अरब भन्दा बढी राजस्व गुम्ने भएको छ । भन्सार विभागका एक उच्च अधिकारीले भने-भेप आयातमा प्रतिबन्ध लगाए पनि चीनबाट तस्करीको माध्यमबाट आउने क्रम रोकिने छैन । यसले नेपालले ठूलो राजस्व गुम्नेछ भने अर्कोतिर तस्करीको माध्यमबाट भेप भित्र्याउने क्रम पनि रोकिन सक्दैन ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend