काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेको छ । मंगलबार नेप्से बढेर २००६.२८ विन्दुमा रोकिएको छ ।
आज ३२० कम्पनिको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी आज सेन्सेटिभ इण्डेक्स १.५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा रोकिएको छ ।
आज दुई कम्पनीको सेयर सकारात्मक सर्किटमा कारोबार भएको थियो । आज कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको थियो । यसैगरी आज ग्रीन डभलपमेन्ट बैंकको ८.२९,बोटलर्सको ७.६२ र साइन रेसुंगा डेभलपमेन्ट बैंकको ७.२० प्रतिशतले मूल्य बढेको थियो ।
त्यसैगरी आज सबैभन्दा बढी पोखरा फाइनान्सको शेयर मूल्य ७.१८ प्रतिशतले घटेको थियो ।
आज फाइनान्सबाहेक अन्य १२ वटा उपसमूहको सूचक बढेको थियो । आज डेभलपमेन्ट बैंक समूहको उपसूचक सर्वाधिक ४.९० प्रतिशतले बढेको थियो । आज कारोबार रकमका आधारमा साइन रेसुंगा डेभलपमेन्ट बैंक शीर्षस्थानमा रहेको छ । यस बैंकको १८ करोड २४ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend