Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • माधव नेपालबिरुद्धको रिटलाई सर्वोच्चले ‘हेर्न नभ्याइने’ मा राख्यो


    आइतबार, मंसिर ७ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पको १ सय १४ रोपनी जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर नगरेको बिषयमा बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले हालेको रिटको सुनुवाई आज भएन । न्यौपानेले २०७६ माघ २२ मा दायर गरेको रिटको सुनुवाइ आज थियो । र, सर्वोच्चले उक्त रिटलाई अग्राधिकार दिएको थियो । अग्राधिकार प्राप्त रिटलाई सर्वोच्चले हेर्न नभ्याइने सूचीमा राखेको छ ।

    अख्तियारले भूतपूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित तीन पूर्वमन्त्री र आफ्नै एक पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध २०७६ माघ २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  ललिता निवास जग्गा हिनामिनामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबिरुद्ध पनि मुद्दा दायर गर्नुपर्ने माग गर्दै न्यौपाानेले रिट दायर गरेका थिए । जुन रिटको पेशी आज थियो । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासमा उक्त रिटको सुनुवाई हुँदै थियो । तर रिटको सुन्ुवाई नगरी हेर्न नभ्याइने सूचीमा राखिएको छ । अर्को पेशीको मिति सर्वोच्च अदालतले कहिले तोक्ने हो, सार्वजनिक गरेको छैन ।

    नेकपाको विवाद चर्र्किएको समयमा माधव नेपाल बिरुद्धको रिटलाई अग्राधिकारका साथ सुनुवाइ गर्नुलाई कतिपयले प्रधानमन्त्री केपी ओलीको खेलका रुपमा समेत लिएका छन् । पार्टीमा विवाद बढिरहेका बेला रिटलाई अग्राधिकार दिएर सुनुवाइ गरिएकाले पनि यस्तो आशंका गर्नेहरुलाई बल पुगेको हो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार