काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डीआईजी हुँदा भिजिट भिसा प्रकरणमा विवादमा परेका डीआईजी अर्जुन चन्द ठकुरीलाई गृहमन्त्री रवि लामिछानेले गण्डकी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिन लागेका छन् । कमजोर कमाण्डका कारण चन्द बारम्बार विवादमा आइरहने प्रहरी अधिकृतमा पर्दछन् ।
डीआईजी बिकासराज खनाल बैशाख ६ गते ५६ बर्षे उमेरहदले अवकाश भएपछि गण्डकी प्रदेशको प्रहरी प्रमुख पद रिक्त छ । रिक्त पदमा चन्द जस्ता कमाण्ड कन्ट्रोलमा असफल डीआईजीलाई पठाउन लागिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको डीआईजी हुँदा भिजिट भिसामा अध्यागमनका कर्मचारीसँग भाग खोजेपछि उनी विवादमा परेका थिए । बिमानस्थलमा कार्यरत हुँदा समन्वय अभाव देखिएपछि उनी विवादमा परेका थिए । भिजिट भिसामा भाग खोज्दा नपाएपछि अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटपिट गरेपछि डीआईजी चन्द विवादमा परेका थिए । उनले गएको माघ १९ मा राजीनामा नै दिए पनि अस्वीकृत भएको थियो । अहिले तिनै चन्दलाई गृहमन्त्री लामिछानेले गण्डकी प्रदेशको कमाण्डरमा पठाउन लागेका हुन् ।
२०५२ सालमा प्रहरी निरीक्षकमा भर्ना भएदेखि नै उनी कमजोर कमाण्ड क्षमताका कारण विवादमा पर्दैआएका छन् । डीएसपी हुँदा संचार उद्यमी जमिम शाह हत्यामा संलग्न भारतीय अपराधीसँग उनको सम्बन्ध देखिएको थियो । उनीसँगै गणेश चन्द, सुरेन्द्र सिंह लगायत प्रहरीसँग हत्याका योजनाकार भारतीयको कनेक्सन देखिएको थियो ।
पूर्वडिएसपी जगदीश चन्द त गिरोहमै सामेल भएको पुष्टि भएपछि कारबाहीमा परे । त्यो घटनामा अर्जुन चन्दमाथि छानबिन भयो तर त्यसबेला प्रहरी नेतृत्वमा भेगीय हिसाबले उनकै भूगोलका भएकाले उनले उन्मुक्ति पाएका थिए । एसपी भएपछि चन्द कैलालीमा बसे । त्यहाँ पनि बारम्बार विवादमा परेका थिए ।
डीआईजीमा बढुवा भएपछि विमानस्थलमा खटिएका उनी सुरुदेखि नै कमजोर देखिएका थिए । विमानस्थलमा अन्य निकायसँग समन्वय कमजोर देखिएको थियो । भिजिट भिसामा अध्यागमनका कर्मचारीसँग भाग खोजेपछि द्वन्द्व बढेर कुटपिटसम्म हुन पुगेको थियो ।
उक्त कुटपिट प्रकरणमा प्रहरीलाई दोषी देखाएर असई प्रकाश चौधरी निलम्बनमा परे । घटनाको दिन डिआइजी चन्द विदामा भए पनि छानबिन समितिले डिआइजीको समेत कमजोरी औंल्याएको थियो । विमानस्थलमा हुँदा उनी एयरलाइन्स कम्पनीसँग निःशुल्क टिकट मागेको घटनामा पनि विवादमा आए ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend