Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • डीआईजीद्वय जोशी र ढकाल एआईजीमा बढुवा सिफारिस


    मंगलबार, बैशाख ४ २०८१
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रवि लामिछानेले प्रहरीमा हुने गरेको बढुवा जामको परम्परालाई हटाउँदै पदरिक्त नहुँदै एआईजी बढुवा प्रक्रिया अगाडि बढाएका छन् ।

    नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाल अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् । बढुवा समितिको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

    एकेडेमीका एआईजी संदीप भण्डारी बैशाख ५ गते(बुधबार) र प्रशासन विभागकी मिरा चौधरी बैशाख ७ गते अवकाश हुँदैछन् । उनीहरु अवकाश नहुँदै बढुवा जोशी र ढकाललाई एआईजीमा बढुवा सिफारिस गरिएको छ ।

    बढुवा सिफारिसमा परेका डीआईजी जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन् भने ढकाल प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार