काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ आफूलाई अन्तर्राष्ट्रियस्तरकै शिक्षित र बुझेको नेतृका रुपमा प्रस्तुत हुने गरेकी छन् । तर उनको ब्यवहार भने गाउँघरमा पँधेरामा पानी लिन जाँदा झगडा गर्ने झगडियाकै भन्दा तल्लोस्तरको देखिएको छ । महिला मन्त्रीका रुपमा उनी आएपछि महिला कर्मचारीमाथि विगतमा हुँदै आएको बिभेद समेत हट्ला भन्ने आशा मन्त्रालयका कर्मचारीहरुले राख्नु स्वभाविकै हो । तर मन्त्रालय सम्हाल्नासाथ एक विशिष्ट श्रेणीका कर्मचारीमाथि उनले देखाएको असहिष्णु ब्यवहारले राष्ट्रिय स्वतन्त्र पार्टीकै छविमा आघात पुगेको छ ।
विज्ञान प्रविधि जस्तो कोही बस्नै नमान्ने सचिवका रुपमा कार्यरत प्रमिला बज्राचार्यले यसपटक महत्वपूर्ण मन्त्रालय पाउने आशा राखेकी थिइन् । शिक्षा मन्त्रालयमा दुई सचिवको दरबन्दी छ । शिक्षातर्फका सचिव हुन्, सुरेश अधिकारी । विज्ञान प्रविधि सचिव हुन्, बज्राचार्य । मन्त्रालयको मुख्य भूमिकामा अधिकारी नै हावी छन् । उनी जुन पार्टीका मन्त्री र मन्त्रालय भए पनि आलु जस्तै सबैसँग लपक्कै मिल्ने स्वभावका सचिवका रुपमा चिनिन्छन् ।
भूमिका नै नभएकी बज्राचार्यले कि त राम्रो मन्त्रालय पाउने आशा राखेकी थिइन्, नभए पनि महिला मन्त्री शिक्षामा आएका कारण आफ्नो इच्छाबिपरीतको सरुवा नहुने अपेक्षा राखेकी थिइन् । तर मन्त्री पदमा बहाली भएको भोलिपल्टदेखि नै सुमनाले सचिव बज्राचार्यलाई अपमानजनक ढंगको ब्यवहार देखाउँदै महत्व नै दिन छाड्न थालिन् । उनको त्यो ब्यवहार यति हदसम्म बढ्यो कि बज्राचार्यलाई अझ लो प्रोफाइलको नेपाल ट्रष्टमा सरुवा गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अनुनय बिनय गरी सरुवा गराइन् । उनको ढिपीले गर्दा बरिष्ठ सचिव बज्राचार्यमाथि प्रधानमन्त्रीले समेत अन्याय गरेका छन् ।
मन्त्री हुनुपूर्व शिक्षा समितिको सदस्य रहेकी सुमना र सचिव बज्राचार्यबीच शिक्षाकै बिषयमा सामान्य मतभेद भएको थियो । शिक्षा सचिव सुरेश अधिकारीको अनुपस्थितिमा उनको प्रतिनिधित्व गर्दै समिति बैठकमा उपस्थित भएकी बज्राचार्यलाई जानकारी नभएको बिषयको प्रश्न तेस्र्याएर त्यसको उत्तर खोजेकी थिइन् । उनको प्रश्नमा सचिव बज्राचार्यले चित्तबुझ्दो उत्तर नदिएको बिषयलाई इगोको रुपमा लिएर उनले प्रधानमन्त्रीलाई समेत बाध्य पारेर सरुवा गराएर छाडेकी छन् ।
एक दर्जन सचिवको सरुवा हुँदा बज्राचार्य र नेपाल ट्रष्टका विश्वबाबु पुडासैनीको साटफेर सार्वजनिक गरिएको थिएन । अन्य सचिवहरु सरुवा भएर बहाली भइसकेपछि बज्राचार्य र पुडासैनीको सरुवा सार्वजनिक गरिएको थियो । खानेपानी मन्त्रालयमा ६ महिना कार्यरत रहेकी बज्राचार्यलाई तत्कालीन मन्त्री उमाकान्त चौधरी विज्ञान प्रविधि मन्त्रालयमा खेदेका थिए । डेढ बर्षदेखि विज्ञान प्रबिधि जस्तो भूमिकाबिहीन सचिवका रुपमा बिताएकी बज्राचार्यले यसपटक सहरी, खानेपानी, भौतिक, सिंचाई जस्ता मन्त्रालय पाउने आशा राखेकी थिइन् । उनीभन्दा कनिष्ट सरिता दवाडीलाई सिंचाई सचिवमा सरुवा गर्दा बरिष्ठ सचिव बज्राचार्यलाई भने थप अन्याय गरी ट्रष्टमा पुर्याइएको छ । अहिले आधा दर्जनभन्दा बढी सचिव महिला छन् । परराष्ट्र र सिंचाईबाहेक अन्यले मन्त्रालय पाउन सकेका छैनन् । पुृरुष र महिलालाई बिभेद नगर्ने राष्ट्रको नीति भए पनि ब्यवहारमा सचिवको भूमिकामा भने महिलाहरुलाई अवसर दिने कुरामा कन्जुस्याई गर्न छाडिएको छैन ।
त्यसो त शिक्षामन्त्री सुमनालाई पुल्चोकस्थित निवासमा सर्न सुझाव दिने सहसचिव शिवकुमार सापकोटालाई शिक्षक सेवा आयोगको प्रशासकीय प्रमुखमा सरुवा गरिएको छ । शिक्षा मन्त्रालयको प्रवक्तासमेत रहेका उनले मन्त्रीलाई निवासमा सर्नका लागि स्ुझाव दिएका थिए । मन्त्री सुमनालाई सुझाव दिएबापत सचिव बज्राचार्यजस्तै सापकोटाले पनि आयोगमा सरुवा हुनुपरेको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend