Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • नाउपाकी सुदूरपश्चिम सांसद इन्दिरा गिरी पदमुक्त


    सोमबार, चैत्र २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् ।

    नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गिरीलाई फिर्ता बोलाएको पत्र सभामुखलाई पठाए अनुसार सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेशसभा सचिवालयले गिरी पदमुक्त गर्ने सूचना सोमबार निकालेको छ ।

    सूचनामा प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखले निर्देशन भएको उल्लेख गरिएको छ ।

    समानुपातिक सांसद गिरी कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नेतृत्वको सरकारमा कृषि राज्यमन्त्री समेत हुन् ।  आफ्नो निर्देशन पालाना नगरेको भन्दै अध्यक्ष रञ्जिताले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाउने पत्र पठाएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार