Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विवादित सहसचिवहरू महानिर्देशकको दौडमा


    बिहिबार, चैत्र २७ २०७६
    1.3K
    Shares
  • ५ मिनेट पाठ
  •  

    काठमाडौं, २७ चैत ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिरराजमणि पोखरेललाई असफल बनाउन मुख्य भूमिका खेलेको आरोप लाग्दै आएका सहसचिव कृष्ण काप्री भर्खरै रिक्त भएको पाठ्यक्रम विकास केन्द्रको महानिर्देशक हुन शक्तिकेन्द्र धाउन शुरु गरेका छन् । 

    निजी पुस्तक प्रकाशक पुस्तक छपाई गर्ने, पाठ्यपुस्तक निर्माण गर्न, पुस्तकको प्रिन्ट रेडी कपी (पीआरसी) बनाउने लगायतका लाखौ कमाई हुने भएपछि सहसचिव काप्री केन्द्रमा जाने तयारी गरेका हुन् । उनी आफूभन्दा सिनियरलाई पछारेर कमाउ धन्दा गर्न केन्द्र जान लागेका हुन् ।

     हाल मन्त्रीका प्रियपात्र बनेर मन्त्रीलाई विभिन्न नीति र योजना तयार गर्दा फसाउन सफल भइसकेको आरोप लागेका काप्री यसअघि २०७४ सालदेखि करिब डेढ वर्ष केन्द्रको निमित्त महानिर्देशक थिए । त्यतिखेर काम गर्न असक्षम भएर कर्मचारीले हटाएका काप्री पुनः महानिर्देशक हुन दौडधुप शुरु गरेका छन् । उनले पटक–पटक मन्त्रीलाई भेटेर महानिर्देशक बनाइदिन आग्रह गरेका थिए । 

    मन्त्रालयले पटक–पटक विवादित भइसकेका काप्री करिब दुई महिनाअघि शिक्षा विकास तथा मानव स्रोत केन्द्रको महानिर्देशक बन्न दौडधुप गरेका थिए । अन्तिममा डा. तुल्सी थपलियालाई महानिर्देशक नियुक्ति गरेपछि उनी केही समय चु्प थिए । कुनै निकायमा खाली हुनै हुँदैन, कहिले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई त कहिले मन्त्रीलाई भेटेर चाकडी गर्न खप्पिस छन्–मन्त्रालयका एक अधिकारीले भने । गोरखा घर भएकाले उनी नेकपा प्रवक्ता श्रेष्ठको चाकडी गरेर उक्त पद प्राप्तीमा लागेका छन् ।

      पछिल्लो समय शिक्षा नीति, संघीय शिक्षा ऐनको मस्यौदा बनाउँदा विवाद भएपछि  विभिन्न सरोकारवाला संस्थाले उनको कडा आलोचना गरेका थिए । मुसो जस्तो हुँदै मन्त्रीको चाकडी गर्छ, मन्त्रीलाई फसाउन विभिन्न प्रकारका कर्मचारी प्रयोग गर्छन्, एक कर्मचारीले भने । नेपाली काग्रेसको कार्यकर्ता भए पनि पछिल्लो समय आफू गोरखाको नारायणकाजी श्रेष्ठको जिल्लाको भएको भन्दै मन्त्रालयका कर्मचारीमाथि गालीगलौज गर्न पछि पर्दैनन् । 

     यही चैत २४ देखि केन्द्रका महानिर्देशक डा.लेखनाथ पौडेल सेवानिवृत्त भएकै दिनदेखि मन्त्री र सचिवको चाकडी गर्न शुरु गरेका काप्रीलाई केन्द्रका अन्य कर्मचारीले यस्तो अवस्थामा महानिर्देशक बनाउन नहुने लबिङ गरिरहेका छन् । शिक्षाका भन्सार जस्तै केन्द्रको महानिर्देशक हुन शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ)का प्रमुख केशव दाहाल र शिक्षा, तथा मानव स्रोत केन्दका उपमहानिर्देशक इमनारायण श्रेष्ठ लागिपरेका छन् । 

     मन्त्रालय स्रोत भन्छ–मन्त्री पोखरेलले आफूलाई आर्थिक रुपमा सहयोग गर्ने कर्मचारीको खोजी गरिरहेका छन् । मन्त्री पोखरेलले शिक्षा, तथा मानव स्र्रोत केन्द्रको महानिर्देशक बनाउदा कसैलाई भेदभाव नगरेपछि सबैले गुणगान गाएका थिए ।  सबैभन्दा कान्छो सहसचिव काप्रीको चाकडीको कारण अन्य सहसचिवहरु दिक्क भएका छन् । हाल विद्यालय शिक्षा महशाखाका प्रमुखकोको रुपमा रहेका काप्री मन्त्री र सचिवले गे विषयमा सोध पनि हुन्छ हजुर भन्ने तर काम नगर्ने कर्मचारीको रुपमा रहेका छन् । 

     मन्त्री पोखरेललाई महानिर्देशक नियुक्ति गर्न वरिष्ठ सहसचिवलाई व्यवस्थापन गर्न सल्लाह दिएका छन् । हाल मन्त्रालयको योजना महाशाखा प्रमुख कमल पोखरेल, खगेन्द्र नेपाल, चुडामणि पौडेल, हरि लम्साल, रामशरण सापकोटा, दीपक शर्मा, अणप्रसाद न्यौपाने लगायत भन्दा पछि सहसचिव बनेका काप्री जुनसुकै निकायको पद खाली हुँदा प्रमुख बन्न दौडधुप गर्ने व्यक्ति हुन् ।

    करोडौं भ्रष्टाचारमा मुछिएका पनि डीजीको दौडमा

    इमनारायण श्रेष्ठ केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा)को आयोजना निर्देशक हुँदा सेन्टर लेभल प्रोजेक्ट इम्पिलिमेन्टेसन युनिटको १४ जिल्लामा विद्यालय भवन निर्माणका क्रममा परामर्शदाता छनौटका क्रममा सेटिङ गरेकोमा विवादमा परेका थिए । तत्कालीन राष्ट्रिय पुननिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्की र इमनारायण श्रेष्ठले मिलेर यसअघिकै स्कुल भवन निर्माणको परामर्शदाता नियुक्त हुँदा सुपरभिजन नै नगरी साइटमै नगई भुक्तानी लिएको इआरएमसीलाई छनोट गरेका थिए । १ अर्ब ४० करोडको ठेक्कामा १४ जिल्लाका लागि छुट्टाछुट्टै प्याकेजमा दिएको भए सुपरभिजन राम्रो हुने स्थितिमा एउटै प्याकेज बनाएर इआरएमसीलाई दिएका हुन् । एउटै प्याकेज बनाएर इआरएमसीलाई दिने क्रममा दसौं करोड घुसको कारोबार भएको स्रोत बताउँछ । मूल्यांकनका क्रममा इआरएमसीलाई दिनु नहुने भने पनि पुनमूल्यांकन गराई दिइएको थियो ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार