काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक जारी छ । नेकपाको सचिवालयका ५ सदस्यले आव १ बजेका लागि सचिवालय बैठक राखेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन फिर्ता नभएसम्म सचिवालय बैठकमा भाग नलिने अडान राखिरहेका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटपछि प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको सचिवालय बैठकमा सहभागी भएका छन् । उनले सचिवालय बैठक राखिएकै समय आज दिउँसो १ बजे मन्त्रिपरिषद बैठक राखेका थिए । तर राष्ट्रपतिसँगको भेटपछि उनी सचिवालय बैठकमा सहभागी भएका छन् । ओलीको पक्षमा रहेका भनिएका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि उनलाई साथ नदिने भएपछि ओली गलेका छन् ।
बालुवाटारको सचिवालय बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बैठकका लागि १५ मिनेट अगाडि नै बालुवाटार पुगेका थिए । सचिवालयका अन्य सदस्य पनि तोकिएको समय १ बजे नै पुगेका थिए । प्रधानमन्त्री ओलीको सचिवालय बैठकमा सहभागितापछि नेकपाभित्रको संभावित दुर्घटता टरेको अनुमान गरिएको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend