Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सचिवालय बैठकअघि ओली-प्रचण्डबीच छलफल


    बुधबार, मंसिर ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा सचिवालय बैठक अघि पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भेट भएको छ । 

    बैठकअघि छलफलका लागि प्रचण्ड बालुवाटार गएका हुन् । 

    प्रचण्ड बालुवाटार पुग्नु केही अघि मात्रै प्रम ओली बालुवाटार फर्केका हुन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग डेढ घण्टा छलफल गरेर फर्केका हुन् ।

    आजको सचिवालय बैठक हुने पक्कापक्की भैसकेको छ । यसअघि मन्त्रिपरिषद् बैठकपनि सोही समयनै बोलाए पनि मन्त्रिपरिषद् बैठकको समय एक घण्टा पर सारिएको थियो । 

    आजको बैठकमा सबै सचिवालय सदस्य उपस्थित हुने तयारी भएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार