Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • अमेरिकामा नेपाली राजदूतः नेपाल र नेपालीका लागि पठाइएका कि कमिसनका लागि ?


    बिहिबार, चैत्र २२ २०८०
    2K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपालको तुलनामा सुशासनका विषयमा पश्चिमा देशहरु निकै गम्भीर छन् । तर, ती देशको पारदर्शी शासन ब्यवस्था देख्ने विदेशमा बसेका नेपालीले सुशासनमा किन ध्यान दिँदैनन् होला ? नेपालमा प्राध्यापकजस्तो गरिमामय पदमा रहेर काम गरी विदेशी राजदूतको नियुक्ति लिएर अमेरिका पुगेपछि त्यो देशकै प्रतिष्ठा गिराउने काम गर्छन् भन्ने सुन्दा पत्याउनु हुन्न होला ।

    अमेरिकाको वासिङ्टन डीसीमा रहेको नेपाली राजदूताबासको नेतृत्वले नेपालीको समस्या नबुझेको आरोप छ । नेपालीको गुनासो सुन्न, आवश्यक परेको खण्डमा सहयोग गर्न भनेर जिम्मेवारी दिइएका राजदूतले न त नेपाली समाज चिन्छन्, न त नेपालीले गरेको काम ? यसो भन्दै गर्दा आरोप लगाए जस्तो होला । तर, अमेरिकामा रहेका हरेक नेपालीले यो समस्या भोगेका छन् ।

    अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री नेपालका तर्फबाट संयुक्त राज्य अमेरिकाका लागि अधिकारिक प्रतिनिधि हुन् । तर खत्रीका व्यवहारबाट अहिले अमेरिकामा हुने बहुसंख्यक नेपाली असन्तुष्ट छन् । अमेरिकामा रहेका नेपालीका थुप्रै समाज छन्, नेपालीलाई गाह्रो साह्रो पर्दा सहयोग गर्ने नेपाली संघ संस्था र समाजसँग राजदूत टाढै हुन्छन् । तर, कमिसन पाइन्छ भन्ने सुइँको पाएपछि उनी सामान्य रेस्टुरेन्ट उदघाटनमा पनि पुगेका हुन्छन् । यसको पछिल्लो उदाहरण हो इन्डियन ओसन नामको होटल उदघाटन कार्यक्रम । उनी मेरिल्याण्डको हण्टभ्यालीमा भएको इन्डियन ओसन होटलको उदघाटन गर्न पुगेपछि अमेरिकामा रहेका नेपाली आश्चार्यचकित भएका छन् ।

    इन्डियन ओसन नामको होटल उदघाटन गर्दै राजदूत खत्री (फोटो साभारः सन्देश टुडे डटकम)

    नेपाली संघ–संस्थाहरुसँग कुनै चासो नदेखाएर भारतीयले खोलेको रेष्टुरेन्टको उदघाटन गर्न जानुको कारण कमिसनकै करामत रहेको अमेरिकामा रहेका नेपालीको बुझाइ छ । अमेरिकामा रहेका नेपालीको सहयोगका लागि सरकारले आफ्नो अनुपस्थितिमा औपचारिक उपस्थितिका लागि राखेका मान्छे हुन राजदूत खत्री । तर, उनी नेपालीलाई त सहयोग गर्दै गर्दैनन्, कुनै पनि नेपाली कूटनीतिक नियोगसँग समन्वयसमेत गर्न आवश्यक ठान्दैनन् । बरु सरकारले बस्नलाई दिएको क्वाटरमा नातागोता पर्नेहरुलाई बोलाउँछन्, पार्टी–भोज गर्छन् र नेपालीको राहदानी(पासपोर्ट) नवीकरण लगायतका सेवा लिएबापत बुझाएको करबाट बिल भुक्तानी गर्ने गर्छन् ।

    सेवा प्रवाहका विषयमा राजदूत खत्रीलाई कुनै पर्वाह नै छैन । क्यालिफोर्नियाबाट आएका सेवाग्राहीलाई भोलि पर्सि भन्दै टार्ने गर्छन् । लामो यात्रा गरेर आएकाहरुलाई अझै समय लम्ब्याएपछि समस्यामाथि समस्या पर्ने गरेको छ । विज्ञान र प्रविधिको विकास सोच्न नसकिने गरी विकास भइसकेकोे छ । अझ प्रविधिमा अगाडि रहेको अमेरिका जस्तो देशमा पासपोर्ट नवीकरणको काम अनलाइनबाट प्रभावकारी ढंगले गर्नुपर्नेमा त्यो समेत नगरी राजदूत खत्रीले दूतावासमा भौतिक उपस्थिति गराएर अर्को तमासा देखाउँदैआएका छन् ।

    नेपालबाट गएका विशिष्ट पाहुनाको उनले कुनै मतलब नगर्ने अमेरिकामा रहेका नेपालीको गुनासो छ । अमेरिकामा रहेका नेपाली नागरिक जेल पर्दा, दुर्घटना हुँदा खोजखबर समेत राजदूतावासले गर्दैैन । कति जेल परेका छन्, कति हस्पिटलमा छन्, राजदूतलाई थाहै हुँदैन । नेपालीको समस्याका विषयमा जानकारी गराउन र त्यसबारे धारणा राख्न सामाजिक संस्थाहरुले बोलाउँदा नजाने र व्यक्ति केन्द्रित भएर काम गर्ने, जहाँ कमिसन पाइन्छ त्यहीँ जाने गरेका छन् ।

    अमेरिकास्थित नेपाली राजदूतावासमा अनियमितता गरेको आरोप पनि उनीमाथि लागेको छ । पहिला अनलाइनबाट हुने सम्पूर्ण काम अहिले भौतिक रुपमा उपस्थित हुनुपर्ने गराइएको छ । जसका कारण अमेरिकाको क्यालिफोर्नियाबाट डिसी आउँदा ६ घण्टाको उडानको सास्ती र त्यसपछि भोलि र पर्सि भन्ने दूतावासका कर्मचारीको व्यवहारले नेपाली अफ्ठेरोमा परेका छन् ।

    विदेशी कुट्नीतिज्ञलाई कहिल्यै नबोलाउने, छलफल नगर्ने, कहिलेकाहीँ गरिएका भोज तथा पार्टीमा १ सय जना सहभागी आए, २ सय जनाको बिल बनाउने र भुक्तानी लिने काम गरिरहेको दूतावासकै कर्मचारी बताउँछन् ।

    बाल्टिमोर, भर्जिनियामा भएका अरु रेष्टुरेन्टलाई छोडेर, कमिसनका लागि एउटा रेष्टुरेन्टलाई मात्र काम दिने गरेको कर्मचारीले नै गुनासो गर्ने गरेका छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार