काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई संस्थापक केन्द्रीय सदस्यले टिकापुर बैठकको निर्णयलाई नमान्ने घोषणा गरेका छन् ।
विवादका बीच पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम सरकारबाट बाहिरिन आफ्ना सांसदलाई लिखित निर्देशन दिएपछि दुई संस्थापक केन्द्रीय सदस्य लक्ष्यबहादुर चौधरी र लक्ष्मण किशोर चौधरीले सो बैठकको निर्णय नमान्ने घोषणा गरेका हुन् ।
नाउपाका संरक्षक र अध्यक्ष श्रीमान श्रीमतीबीचको विवादले सरकारलाई समर्थन गर्ने या नगर्ने भन्ने विषय पेचिलो बन्दै गएको छ ।
नेता चौधरी विदेश भ्रमणमा रहेका बेला पार्टी अध्यक्ष रञ्जिताले बुधबार टिकापुरमा संस्थापक केन्द्रीय समितिको बैठक राखेर नयाँ समीकरणलाई समर्थन गर्ने र सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेकी थिइन् ।
अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न शुक्रवार मात्र संसदीय दलका नेता घनश्याम चौधरीलाई लिखित निर्देशन दिएकी छिन्।
उनले लेखेको पत्रमा भनेकी छन्- ‘सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन गर्दै छु, अन्यथा पार्टीको विधान आकर्षित गरिनेछ ।’
अब नाउपाका दुई संस्थापक केन्द्रीय सदस्य लक्ष्यबहादुर चौधरी र लक्ष्मण किशोर चौधरीले १४ गते टिकापुरमा बसेको संस्थापक सदस्यहरूले गरेको निर्णयप्रति आफूहरूको समर्थन नभएको घोषणा गरेपछि यो विषय झन् पेचिलो हुने देखिएको छ ।

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend