काठमाडौं । विनोद चौधरीले अतिक्रमण गरेको बाँसबारी छाला जुत्ता कारखाना(हाल गंगालाल हृदयरोग केन्द्र)को जग्गा सरकारका नाममा ल्याइएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट चाँदबाग रेसिडेन्सीको नाममा रहेको १० रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याउने निर्णय गरेको हो । बाँसबारी जुत्ता कारखानाको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख छविराम नेपालीले जानकारी दिएका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको उक्त जग्गा सरकारको नाममा फिर्ता ल्याउन केही दिनअघि निर्देशन दिएका थिए ।
केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को सहयोगमा उक्त जग्गा सरकारका नाममा ल्याइएको जानकारी दिइएको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा अतिक्रमण गरेकोमा नेपाल प्रहरीको सीआईबीले व्यवसायी अरूण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो । थापाले नै उक्त जग्गा चौधरीलाई जुत्ता उद्योग संचालनका लागि दिएका थिए । सोही प्रकरणमा सीआइबीले बिहीबार सांसद विनोद चौधरीसँग पनि बयान लिएको थियो ।
यद्यपि चौधरी ग्रुपले भने बाँसबारीको उक्त १० रोपनी जग्गा ऐन कानुन अनुरुप नै आफूले प्राप्त गरेको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
काठमाडौं । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम हुने अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई अभूतपूर्व जनमत प्राप्त भयो । जनताको अपार समर्थनमा वालेन्द्र शाह नेतृत्वको...
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा वैज्ञानिक कर्मचारीको तलब संरचनामा देखिएको गम्भीर असमानताले वैज्ञानिक समुदायमा असन्तुष्टि बढ्दै गएको छ । एउटै संस्थामा...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक (एसपी) शेरजंगबहादुर चन्द सरकारी सेवाका प्रावधानलाई नाघेर व्यापारिक कारोबारमा संलग्नमात्र छैनन्, कारोबारका सिलसिलामा मानिसहरुलाई भुक्तानी नदिने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend