काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा दुई अध्यक्षको पत्र आदानप्रदानले ठूलो दरार पैदा गरेको छ । नेकपा एकतापछिकै ठूलो संकटमा पुगेको छ । पार्टी सचिवालयमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव फिर्ता लिनुपर्ने र नपर्ने बिषयमा नेतामात्र होइन, तल तलका कार्यकर्ता तहमै बहस हुन थालेको छ ।
पार्टीका दोस्रो तहका नेताहरु फिर्ता लिने र नलिने पक्षमा आ आफ्ना तर्क गरिरहेका छन् । प्रचण्डको प्रस्ताव फिर्ता नलिएसम्म पार्टीको बैठक होइन, संवादको ढोकासम्म नखुल्ने प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको तर्क छ । तर प्रचण्ड–माधव नेपाल पक्षका नेताहरु भने राजनीतिक प्रस्तावमा मात्र होइन, दुवै अध्यक्षले लेखेको पत्रका बिषयमा समेत छलफल हुनुपर्ने भनिरहेका छन् ।
नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डको प्रस्ताव फिर्ता नलिएसम्म संवाद समेत नहुने प्रष्ट पारेका छन् । उनले सामाजिक संजालमा लेखेका छन्–‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्टीकरण हो । यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन ।
पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend