काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको सरुवा गरिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बज्राचार्यको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् । बज्राचार्यलाई सीआईबीबाट नेपाल प्रहरी कार्यालय, कार्यविभागमा सरुवा गरिएको छ ।
बज्राचार्यको ठाउँमा प्रहरी अतिरिक्त महानिरीक्षक श्याम ज्ञवालीलाई ल्याइएको छ। यसअघि उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्को बैठकले बज्राचार्यको सरुवा गरेको हो। सुन तस्करीको अनुसन्धान गर्दा सीआईबीले केही व्यक्तिलाई जोगाएको जाँचबुझ आयोगले औंल्याएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend