Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘ओली सच्चिनु बाहेक नेकपासँग अर्को कुनै समाधान छैन’


    शनिबार, कार्तिक २९ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुझाएको राजनीतिक प्रस्ताव प्रचण्ड एक्लैले नभई सचिवालयका पाँच सदस्यले सामुहिक रुपमा ल्याएको नेकपा उपाध्यक्ष बामदेव गौतमले स्पष्ट पारेका छन् ।

    हिजो (शुक्रबार) को सचिवालय वैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको १९ पृष्ठ लामो प्रस्ताव प्रचण्डको ‘एकल प्रस्ताव’ भएको दावी गर्दै फिर्ता लिन ओली निकट नेताहरुले आग्रह गरिरहेका बेला उपाध्यक्ष गौतमले यस्तो बताएका हुन् । उपाध्यक्ष गौतमले शुक्रबारको सचिवालय बैठकमा पेश गरेको प्रस्ताव प्रचण्ड एक्लैले नल्याएको प्रष्ट पारेका हुन् ।

    उक्त प्रस्तावलाई केपी ओली पक्षधरका केही नेताहरुले प्रचण्डले फिर्ता लिनुपर्ने भनेर दावाव बढाइरहेका बेला गौतमले सो प्रस्ताव प्रचण्डसहित पाँच नेताको छलफल र सहमतिमा तयार भएको बताएका हुन् ।

    गौतमले उक्त प्रस्ताव पार्टी ध्वंश गर्न नभई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सच्याउनका लागि आएको पनि बताएका । ‘त्यो प्रस्ताव ध्वंश गर्न हैन, केपी कामरेडलाई सच्याउनका लागि आएको हो । उहाँ सच्चिनु बाहेक नेकपासँग अर्को कुनै समाधान छैन’, गौतमको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार