Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • वीर अस्पतालमा डिप ब्रेन स्टुम्युलेसन उपचार विधि प्रयोगमा ल्याइँदै


    बिहिबार, फाल्गुन २४ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं ।  वीर अस्पतालको न्यूरो सर्जरी विभागले परम्परागत उपचार विधि प्रभावकारी नभएको भन्दै डिप ब्रेन स्टुम्युलेसन उपचार विधिद्वारा बिरामीको उपचार गर्ने भएको छ ।

    अस्पतालले पार्किन्सन, छारेरोग डिप्रेसन शारीरिक कम्पन, डिस्टोनिया, ओसिडी जस्ता रोगमा उक्त उपचार विधि प्रयोगमा आउन लागेको न्युरो सर्जरी विभाग प्रमुख प्रा. डा. राजिव झाले बताए ।

    परम्परागतरूपमा प्रयोग हुँदै उपचार विधिको प्रभावकारिता न्यून भएको भन्दै अस्पताल यस प्रकारको उपचार विधी प्रयोगमा ल्याउन लागेको बताइएको छ ।

    उक्त प्रक्रियाका लागि अस्पतालले आगामी चैत्र १८ गतेसम्म बिरामीहरूको छनोट गरिसक्ने झाले बताए ।

    परम्परागत उपचार विधिद्वारा निको नभएका तथा  सम्बन्धित रोग लागेका बिरामीहरूले अस्पतालको न्यूरो सर्जरी विभागमा सम्पर्क गर्न विज्ञप्तीमार्फत अनुरोध गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार