Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्री भट्टद्वारा दीपावलीको शुभकामना


    शनिबार, कार्तिक २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभ दीपावली पर्वको अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज दिनुभएको शुभकामना सन्देशमा आपसी सद्भाव, सहिष्णुता र भातृत्वको प्रतिकका रुपमा रहेको दीपावली पर्वले सबैलाई एकताको शुत्रमा आवद्ध गर्दै सामाजिक एकता अभिवृद्धि गर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    मुख्यन्त्री भट्टले कोभिड—१९ को महामारीवाट हाल उत्पन्न जटिल परिस्थितिमा सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सावधानीका साथ आ–आफ्नै घरमा पर्व मनाउन सबैमा आग्रह गर्नुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार