Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माधव नेपाल र देउवा भेटवार्ता, प्रधानमन्त्रीकै प्रस्ताव !


    बुधबार, फाल्गुन २३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेट गर्न उनकै निवास कोटेश्वरमा पुगेका छन् । देउवा बुधबार बिहान कांग्रेसका नेता रमेश लेखकलाई लिएर नेपाल निवासमा पुगेका हुन् ।

    भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । सभापति देउवाले एमाले र माओवादीबाहेकको गठबन्धन बनाउनेबारेमा छलफल गरेका थिए । एमाले–माओवादी बाहेकको गठबन्धनको प्रधानमन्त्री नै पनि माधव नेपाललाई बनाउने चर्चा पनि भइरहेको छ ।

    एमाले–माओवादी गठबन्धनमा सहभागी भएको रास्वपाले गृहमन्त्रीमा दाबी गरेकाले मन्त्रालय भागबण्डा मिल्न सकेको छैन । जसपाका उपेन्द्र यादव पनि सन्तुष्ट नभएका कुराहरु आइरहेका छन् । नेपाली कांग्रेस, रास्वपा, नेकपा एस, राप्रपा, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा लगायतका दलहरु मिलेमा बहुमत पुग्छ ।

    संघमा एमाले–माओवादीको सरकार भए पनि नेकपा समाजवादी प्रतिपपक्षमा बस्दा बागमती प्रदेशमा नेकपा समाजवादीले मुख्यमन्त्री पाउनसक्छ । नेपाली कांग्रेस, राप्रपा र नेकपा समाजवादी मिल्दा बागमतीमा बहुमत पुग्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार