Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच बालुवाटारमा वार्ता, नेकपा एसलाई सरकारमा ल्याउनेबारे छलफल


    बुधबार, फाल्गुन २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ सत्ता गठबन्धनका नेताहरु नेकपा (एकीकृत समाजवादी)लाई पनि सरकारमा सहभागी गराउन उक्त पार्टीको नेतृत्वलाई फकाउन तल्लीन छ ।

    नेकपा समाजवादी प्रतिपक्षमा बस्दा नेपाली कांग्रेसले अर्को गठबन्धन बनाउने त्रास नेकपा एमाले र माओवादी गठबन्धनलाई छ । त्यहीकारण सोमबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । मंगलबार एमाले अध्यक्ष केपी ओली पनि कोटेश्वर पुगेर नेपाललाई सरकारमा आउन आग्रह गरेका छन् ।

    अध्यक्ष नेपालको निवासमा मात्र होइन, प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालसँग पनि वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान नेता खनालसँग प्रधानमन्त्रीले भेटेका छन् । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबीच छलफल भएको बताइएको छ ।

    नेकपा समाजवादीले पछिल्लो राजनीतिक घटनाक्रमबारे निर्णय लिन आज पार्टीको बैठक बोलाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार