Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुन चोरीको आरोपमा बाबुछोरा पक्राउ


    बिहिबार, चैत्र २७ २०७६
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • कैलाली, २७ चैत । कैलालीमा सुन पसलमा चोरी गर्न गएका बाबुछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका– १ का ४५ वर्षीय पप्पु गुप्ता र उनका २० वर्षीय छोरा पवन गुप्ता छन् ।

    बुधबार राति उनीहरुले जिल्ला प्रशासन कार्यालय प्रशासनअगाडि रहेको प्रिया सुन चाँदी पसलमा चोरी गरेका थिए ।

    पसल सञ्चालक बिनोद कुमार बर्माले १० लाख बढीको धनमाल चोरी भएको बताए ।

    जिल्ला प्रहरी कार्यालय, कैलालीले दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

    गुप्ताले आफ्नै घरमा लुकाएको अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

    चोरीको आरोपमा पक्राउ परेका बाबू छोरा फलफूल र तरकारी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका पप्पु यसअघि लागूऔषध तथा सार्वजनिक अपराधमा मुद्दामा पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार