Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले–माओवादी, रास्वपासहितका दलहरूबीच सहमति, राष्ट्रियसभा अध्यक्षको निर्वाचन र टीआरसीमा मिलेर जाने


    सोमबार, फाल्गुन २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेकपा (माओवादी) केन्द्र र नेकपा (एमाले)सहितका दलहरुबीच सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा मिलेर जाने सहमति भएको छ ।

    नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहहरूबीच मिलेर जाने सहमति भएको बताइएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार मध्यरातसम्म भएको वार्तामा मिलेर जाने सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोबिन्द आचार्यले नै पुष्टि गरेका छन् ।

    आइतबार मध्यरातको बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू पनि सहभागी थिए । बैठकमा प्रधानमन्त्रीमा प्रचण्डलाई नै निरन्तरता दिने सहमति भएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार