Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कांग्रेसको केन्द्रीय कार्य समिति बैठक जारी


    शुक्रबार, कार्तिक २८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशन र पार्टीको आन्तरिक विवादका विषयमा छलफल हुने नेतृ पुष्पा भुसालले जानकारी दिइन्। यस्तै, बैठकमा सरकारबारे आगामी रणनीति, सुनिल थापा समूहको व्यवस्थापनका विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन्।

    यस्तैगरी बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा पनि छलफल हुनसक्ने बताइएको छ।

    सभापति शेरबहादुर देउवाले विभिन्न विभाग गठन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ। त्यस्तै, क्रियाशिल सदस्यता वितरणको विषयमा पनि विवाद छ। यि सबै विषयमा छलफल हुनसक्ने एक कांग्रेस नेताले बताए।

    यसअघि पार्टीभित्रको विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भएका छन्। विवाद समाधानका विषयमा सबै पक्ष सहमति नजिक पुगेको जनाएको छ।

    नेताहरुबीच विभिन्न चरणमा भएको छलफलबाट बनेको सहमतिलाई आजको बैठकमा राखिने जनाएको छ। त्यसलाई केन्द्रीय समितिको बैठकले पारित गर्नसक्ने उनले बताए।

    यसअघि बिहीबार पदाधिकारी बैठक बसेको थियो। बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल र कांग्रेस पदाधिकारी तथा केही केन्द्रीय सदस्य सहभागी थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार