Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?


    बिहिबार, फाल्गुन १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

    यस्तै, बिहीबार चाँदी भने स्थिर रहेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार