Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गण्डकीको हिउँदे अधिवेशन आजदेखि


    बुधबार, फाल्गुन १६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । मन्त्रीपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज २ बजेका लागि अधिवेशन डाक्न आह्वान गरेका हुन् ।

    असोज १२ गतेदेखि अधिवेशन अन्त्य भएको थियो । करिब ६ महिनापछि आज बैठक बस्न लागेको हो ।

    अधिवेशनको पहिलो दिन संसद्मा प्रतिनिधित्व गर्ने चार वटै दलका संसदीय दल नेताहरूले सम्बोधन गर्नेछन् भने २ वटा विधेयक संसदीय समितिबाट संशोधन सहित संसद्मा पेस हुने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार