Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • माघको तेस्रो साताबाट हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी


    शुक्रबार, पुष २७ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी गरेको छ ।

    शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन् ।

    उनले आगामी संसद अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्र सम्बन्धी ऐन तयारी गरिरहेको पनि बताइन् । शर्माले नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको बताइन् । शर्माले नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न योग्य बनाउनुपर्ने बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार