Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आपतकालीन समयमा परिचालन नहुने एम्बुलेन्सको अनुमति रद्द


    बिहिबार, चैत्र २७ २०७६
    525
    Shares
  • २ मिनेट पाठ
  •  सिन्धुपाल्चोक, २७ । सिन्धुपाल्चोकका केही एम्बुलेन्सको अनुमति रद्द गरिएको छ । कोरोना भाइरसको जोखिम रोक्नुपर्ने आपतकालीन अवस्थामा बिरामीको सेवामा परिचालित नभएको भन्दै एम्बुलेन्सको अनुमति रद्द गरिने भएको हो ।

    प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समिति (पीआरटी) को बैठकले उक्त निर्णय  गरेको हो ।  कतिपय एम्बुलेन्सले सम्भावित संक्रमित बिरामीलाई ओसारपसार गर्न नमान्ने र सम्पर्कमा नआउने गरी बस्ने गरेको देखिएपछि अनुमति रद्द गरिएको  काफ्लेले बताए । 

    एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३ को दफा १६ बमोजिम जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिमा सिफारिस गरिने प्रनाउ काफ्लेले बताए । जिल्लामा सबै एम्बुलेन्सको सूचीकरणमा पनि प्रहरी लागेको छ ।

    मेलम्ची नगरपालिका रु २५ लाखको कोष खडा गरेर भाइरस रोकथाममा जुटेको छ । रु २५ लाखको कोष स्थापना गरेर अगाडि बढेको नगरपालिकालाई र नेपाल बैंक लिमिटेडले रु ३५ हजार सहयोग गरेको छ । नगरपालिकाको सो कोषमा इच्छुकले रकम जम्मा गर्न सक्ने उपप्रमुख भगवती नेपालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार