काठमाडौँ, २७ चैत । स्वास्थ्य तथा जनसंख््या मन्त्री भानुभक्त ढकालले चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक सामाग्रीको अभाव हुन नदिइने प्रतिबद्धता दोहो¥याउनुभएको छ ।
सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तीन सांसद्को बुधबार संयुक्त मागपत्र बुझ्दै मन्त्री ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका लागि चिकित्सक र स्वास्थ्यकर्मीले स्वास्थ्य सामाग्रीको अभाव झेल्नु नपर्ने बताउनुभएको हो । स्वास्थ्य सामग्री खरिद विवादमा परेको र नयाँ खरिद प्रक्रिया अन्योलमा भएको बेला उनले अभाव हुन नदिने विश्वास दिलाएका हुन् ।