Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रिपोर्ट नेगेटिभ आउँदा पनि कोरोना संक्रमित व्यक्तिका परिवार अन्योलमा


    बिहिबार, चैत्र २७ २०७६
    625
    Shares
  • २ मिनेट पाठ
  • धनगढी, २७ चैत ।  

    स्थानीय एक महिलाबाट लिइएको स्वाबको परीक्षणमा कोरोना ‘पोजेटिभ‘ को नतिजा देखिएपछि उनको परिवारका कतिपय सदस्य अलमलमा परेका छन् । उनमा कुनै त्यस्तो लक्षण बिना नै कारोना पोजेटिभ देखिएपछि उनीहरु अन्यौलमा परेका छन् । 

    ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र सङ्क्रमितसँग त्यस्तो उठबस पनि नभएको अवस्थामा पनि महिलामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि कुन माध्यमबाट कसरी उहाँमा सङ्क्रमण भयो भन्नेमा परिवारका सदस्यहरु अलमलमा परेका हुन् ।

    ‘त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा सेती प्रादेशिक अस्पतालवाट आएको टोलीले घरमा बसिरहेकी उनलाई लगेर जाँदा रोग कसरी स‍र्यो होला भनेर अलमलमा प‍र्र्यौ’, सङ्क्रमित महिलाकी जेठानीले भनिन्, ‘विदेशवाट आइपुगेका देवर (सङ्क्रमित युवक) लाई भान्सामा उहाँले खाना खुवाउनु बाहेक अरु समयमा उठबस भएन, तर देवरको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यमा रोग नसरेको देख्दा विचित्रको कुरा भएको छ ।’

    कोरोना सङ्क्रमित युवककी श्रीमती र बच्चासहित घर परिवारका अन्य सात जनाको नतिजा नेगेटिभ आएको छ । युवककी भाउजूमा नतिजा पोजेटिभ देखिएको हो । सङ्क्रमित व्यक्तिबाट परिवारकै अर्को सदस्यमा रोगको सङ्क्रमण भएको यस्तो घटनापछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि नै गरेको थियो । योसँगै रोकको रोकथाममा चुनौती पनि थपिदिएको छ ।

    सङ्क्रमित युवक उनकी भाउजूसहित थप दुई पुरुषलाई सेती प्रादेशिक अस्पताल धनगढीमा राखेर उपचार भइरहेको छ । सङ्क्रमितको उपचारमा संलग्न अस्पतालका फिजिसियन डा. शेरबहादुर कमरले कोरोना भाइरस शरीरमा गए पनि सबैलाई यो रोगको सङ्क्रमण नहुन पनि सक्ने बताउँछन् । ‘सङ्क्रमित युवकलाई सङ्क्रमित महिलाले ज्वरो आएको भनेर खाना पानी दिनु भयो होला, नजानिँदो ढङ्गले भाइरसको सङ्क्रमण भएको हुनसक्छ’, उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार