Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतीय पत्रकार अर्नव गोस्वामी जमानतमा रिहा


    बुधबार, कार्तिक २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुम्बई । आत्महत्या दुरुत्साहनको मुद्धामा न्यायिक हिरासतमा रहेका भारतीय रिपब्लिक टिभीका प्रस्तोता अर्नव गोस्वामी जमानतमा छुटेका छन् ।

    गोस्वामीलाई भारतीय सर्वोच्च अदालतले बुधबार रिहा गर्न आदेश दिएको हो। यसअघि मुम्बईको उच्च अदालतले गोस्वामीलाई धरौटीमा छाड्न इन्कार गरेको थियो ।

    आत्महत्या दुरूत्साहनको अभियोगमा उनी कात्तिक १९ गते पक्राउ परेका थिए । भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधानसम्पादक रहेका गोस्वामीलाई तल्लो अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो । त्यसविरूद्ध उनले सर्वोच्च अदालतमा निवदेन दिए ।

    रिपब्लिक टिभीको स्टुडियो डिजाइन गरेका अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकले आत्महत्या गरेका थिए । सुसाइड नोटमा उनले गोस्वामीको नाम उल्लेख गरेका थिए । त्यसको केही दिनपछि अन्वयकी आमाले समेत आत्महत्या गरेकी थिइन् ।

    पैसा नदिएर आत्महत्याका लागि बाध्य पारेको गोस्वमीमाथि अभियोग छ । सोही विषयमा अनुसन्धानका लागि महाराष्ट्रको सरकारले आदेश दिएको थियो । ती डिजाइनरले पाउनुपर्ने ५.४० करोड भारू अर्नव र उनका साथीले नदिएको परिवारको आरोप छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार