बीरगंज, २६ चैत । पत्रकारहरुलाई प्रेस प्रतिनिधि प्रमाणपत्र(प्रेस पास) सूचना विभागले दिन्छ । तर जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतलाई पत्रकारहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र सरकारको कुन अंगले दिन्छ भन्ने सामान्य ज्ञान पनि नभएको खुलेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार आवागमन गर्दा अनुमतिपत्र आवश्यक नपर्नेहरुको सूचना जारी गर्दा प्रेस पास प्रेस काउन्सिलबाट जारी हुने उल्लेख छ । उक्त सूचनामा प्रेस काउन्सिलबाट जारी भएको प्रेस पास प्राप्त संचारकर्मीहरुलाई आवागमन गर्दा पास आवश्यक नपर्ने उल्लेख छ ।