Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक इजलासमा वामदेवको मुद्दा आज सुनुवाइ हुँदै


    बुधबार, कार्तिक २६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनयन र उपप्रधानमन्त्री बनाउने तयारीविरुद्ध परेको रिट उपर संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ।

    गौतमविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा रहेको छ। संवैधानिक इजलास रहेको गौतमको मुद्दा आज सुनुवाई हुने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणासहित न्यायाधीश दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा तोकिएको छ। हरेक बुधबार र शुक्रबार मात्र संवैधानिक इजलास गठन हुन्छ।

    यस अगाडि सर्वोच्चको संवैधानिक इजलासमा वामदेवको तर्फबाट पूर्व महान्यायाधीवक्ता एवम् वरिष्ठ अधिवक्ता प्रा.डा.युवराज संग्रौला, वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, राघवलाल वैद्यलगायतले बहस गरेका थिए।

    वामदेव मुद्दामा बहस बाँकी नै भएकाले अर्को सुनुवाइका लागि आजलाई पेशी तोकिएको थियो। अब वामदेव र सरकारका कानुन व्यवसायीको बहस पैरवी सकिएपछि रिट निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन्। दुवै पक्षको बहस सकिएपछि मात्र मुद्दाको निर्णय हुनेछ। 

    अधिवक्ता दिनेश त्रिपाठी र बद्रीराज भट्टले सर्वोच्च अदालतमा दायर गरेको दुई वटा रिट उपर असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सांसदको हैसियतमा कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो। सर्वोच्चले राष्ट्रपति कार्यालय, सरकार र संसदका नाममा उक्त आदेश दिएको थियो। अन्तरिम आदेशबारे टुंगो नलाग्दासम्म वामदेवले कुनै जिम्मेवारी पाउने छैनन्। 

    २०७४ सालको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर २ मा पराजित गौतम शीतल निवासको बाटो हुँदै गत बिहीबार माननीय बनेका हुन्। प्रतिनिधिसभाको चुनावमा गौतम नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमसँग ७५३ मतले पराजित भएका थिए। संजयले ४४ हजार ८२९ मत ल्याउँदा गौतमले ४४ हजार ७६ मत मात्र ल्याएका थिए। अढाई वर्षअघिको पराजयलाई पन्छाउँदै गौतम बिहीबार शीतल निवासको बाटो हुँदै माननीय बनेका हुन्।

    राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी थिइन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार