Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धुम्बाराहीमा सुरु भयो नेकपा सचिवालयको अनौपचारिक बैठक


    मंगलबार, कार्तिक २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयका बहुमत सदस्यको बैठक धुम्बाराहीमा सुरु भएको छ। सचिवालयका पाँच सदस्यहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठ उपस्थित भएका छन्।

    बैठकमा अध्यक्ष केपी ओली, ईश्वर पोखरेल, रामबहादुर थापा बादल तथा विष्णु पौडेल भने उपस्थित छैनन्।

    गत शनिबार पनि पाँच सदस्यको अनौपचारिक बैठक बसेको थियो।

    उपस्थित सदस्यहरुले आइतबार ओलीलाई भेटेर सचिवालय बैठकको लागि आग्रह गर्ने निर्णय गरेका थिए। सोही अनुसार आइतबार ओलीलाई दुई पृष्ठको पत्र बुझाइएको थियो।

    अहिलेको बैठक सुरु हुनुअघि बालुवाटारमा ओली र प्रचण्डबीच भेट भएकाले त्यहाँको छलफलले पनि प्रभावित पार्न सक्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार