Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्को बैठकमा जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ


    सोमबार, फाल्गुन १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विपक्षी दलहरुले उठाएको विषयमा आगामी बैककमा जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन्।

    सोमबार बसेको दोस्रो बैठकको सुरुमै सभामुखले आगामी बैठक १८ फागुनमा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन् ।

    विवादित तीन मन्त्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जवाफ दिने रुलिङपछि सदन सुचारु भएको छ ।

    भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किरातीको राजीनामा वा बर्खास्तीको माग राख्दै विपक्षी दलहरू एमाले, रास्वपा, राप्रपाले विरोध जनाएपछि बैठक स्थगित गरिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार