Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नीति तथा कार्यक्रम प्रस्तुतिको तयारी बारे सभामुख र अध्यक्षबीच छलफल


    सोमबार, बैशाख ३१ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जेठ १ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालबीच छलफल भएको छ ।

    मंगलबार बस्ने दुवै सदनको संयुक्त बैठकमा अपराहन्न ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद्को अवरोध कायम गर्ने अडान कायम राखेका कारण मंगलबारको बैठक अन्योलमा परेको छ ।

    कांग्रेसको आज बसेको पदाधिकारी बैठकले संसदीय समितिको गठन आफुहरुको बटमलाइन भएको निर्णय गरेको छ र प्रधानमन्त्रीलाई आजसम्म संसदीय समिति गठनको अल्टिमेटम समेत दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार