Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने गरी प्रतिनिधिसभा बैठक स्थगित


    बुधबार, माघ २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम चलाउने गरी प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबार अर्को बैठक बस्ने र त्यस दिन प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।

    प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सांसदहरुले आगामी फागुन २ गते दिउँसो ३ बजेभित्र संसद सचिवालयमा उपलब्ध गराउनुपर्ने बताइएको छ।

    सभामुख घिमिरेले सदनमा भनेका छन्, ‘‘प्रश्न सोध्नका लागि प्रतिनिधि सभा नियमावलीको नियम ५८ बमोजिम मिति २०८० फागुन २ गते बुधबार दिनको ३ बजेभित्र संघीय संसद्को महासचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिन सक्नुहुने व्यहोरासमेत जानकारी गराउन चाहन्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार