काठमाडौं । रवि लामिछानेले अदालतमा पाँच-पाँच वटा मुद्दा विचाराधीन रहिरहेको अवस्थामा सांसद पद पुनर्बहालीको माग गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले सभामुख देवराज घिमिरेसँग भेटेर शुक्रबार निलम्बन फुकुवा मागेका हुन् ।
संसद् सचिवालयमा सभामुख घिमिरेलाई भेटेर उनले आफूलाई अन्यायपूर्ण रूपमा निलम्बन गरिएको भन्दै तत्काल पद पुनर्बहाली गरिदिन आग्रह गरे ।
उनी गत पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन्। लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगीको आरोप छ ।
तर, उनले सभामुखसमक्ष बुझाएको पत्रमा सरकारले लगाएर अनावश्यक रूपमा दुःख दिएको दाबी गरे। उनले संसद्को गरिमा जोगाउन तथा निर्वाचित जनप्रतिनिधिको हैसियतबाट काम गर्न दिन आग्रह गरे ।
लामिछानेले सभामुखलाई संसदीय अभ्यास र कानुनी मान्यता अनुसार दोषी प्रमाणित नभएसम्म सांसद पद निलम्बन नहुने व्यवस्था रहेको उल्लेख गर्दै आफ्नो निलम्बन फुकुवा हुनुपर्ने तर्क गरे। ‘मलाई अदालतले दोषी करार गरेको छैन, तर पनि अन्याय भयो,’ उनले भने ।
सभामुख घिमिरेले लामिछानेको पत्र बुझ्दै कानुनी र नीतिगत पक्ष अध्ययन गरेर जवाफ दिने बताए। उनले अहिलेको अवस्थामा सांसद पद पुनर्बहाली तत्काल सम्भव नभएको स्पष्ट पारे ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत अपचलन तथा सम्पत्ति शुद्धीकरण मुद्दा चलेपछि सांसद पदबाट निलम्बन भएका थिए।
अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरे पनि मुद्दा टुंगो नलागेसम्म संसद् पुनर्बहाली हुने सम्भावना न्यून देखिन्छ ।
यस्तै, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा ६० लाख र रुपन्देहीको सुप्रिम सहकारी ठगीमा एक करोड रुपैयाँ धरौटीमा लामिछाने रिहा भएका थिए ।
अब उनको अर्को मुद्दा सहारा सहकारी चितवन र सानोपाइला सहकारी पर्सामा निर्णय हुन बाँकी छ। ती दुबै सहकारी ठगीमा सरकारी वकिलले लामिछानेलाई बयान लिइसकेको छ। उनीविरूद्ध ती दुई मुद्दा अदालतमा दर्ता हुन बाँकी छ ।
प्रतिनिधिसभाको नियमावलीअनुसार अनुसार लामिछाने धरौटीमा छुटे भने सांसद पद निलम्बनमा पर्ने छैन। यदि अदालतले लामिछानेलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिए सोही दिनदेखि लामिछानेको सांसद पद स्वतः निलम्बनमा पर्नेछ ।
यद्यपि, लामिछाने संकटमोचनको अवस्थामा भने छैनन् । उनीविरूद्धका अन्य मुद्दा बाँकी नै रहेकाले कुनै पनि बेला पक्राउ पर्ने, थुनामा पुग्ने अवस्था छ ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend